दफा ४४
सुझाव दिन सक्ने
(१) आयोगको काम कारबाहीको सिलसिलामा वा आयोगले गरेको अध्ययन वा अनुसन्धानको आधारमा सङघीय निजामती सेवा, अन्य सङ्घीय सरकारी सेवा वा सङ्गठित: संस्थाको सेवाका कर्मचारीको सेवाको शर्त सम्बन्धी कानूनमा सुधार गर्न आवश्यक देखिएमा आयोगले सम्बन्धित निकायलाई सुझाव दिन सक्नेछ ।

(२) आयोगले सङ्घीय निजामती सेबा, अन्य सङ्घीय सरकारी सेवा वा सङ्गठित संस्थाको सेवासँग सम्बन्धित निकायको व्यवस्थापनलाई स्वच्छ, निष्पक्ष, सक्षम, “कार्यमूलक र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समय-समयमा आवश्यक सुझाव दिन सक्नेछ ।